नियम २२
परिषद्ले स्वीकृति स्थगन वा रद्द गर्न सक्ने
(१) नियम १८ वा १० बमोजिम स्वीकृति प्राप्त गरेको कुनै संस्थाले ऐन वा यस नियमावली विपरीत कुनै काम गरे गराएमा वा परिषद्को निर्देशनको पालना नगरेमा परिषद्ले त्यस्तो संस्थाबाट सञ्चालित कुनै तालीमलाई सो संस्थाले केही समयको लागि सञ्चालन गर्न नपाउने गरी स्थगन गर्न वा अवधि तोकी त्यस्तो संस्थालाई नै स्थगन गर्न वा त्यस्तो संस्थाले पाएको स्वीकृति रद्द गर्न सक्नेछ ।
(१क) कुनै संस्थाले नियम २० को उपनियम (४) बमोजिमको अवधिभित्र नपुग धरौटी रकम र बिलम्ब दस्तुर परिषद्मा जम्मा नगरेमा परिषद्ले त्यस्तो संस्थाको स्वीकृति रद्द गरी सोको सूचना सार्वजनिक गर्नु पर्नेछ ।
(२) उपनियम (१) र (१क) बमोजिम कुनै संस्थाले तालीम सञ्चालन गर्न नपाउने भएमा सो तालीमको लागि वा संस्थाको स्वीकृति नै रद्द भएमा सो संस्थाले कुनै पनि तालीम दिनको लागि नया“ प्रशिक्षार्थी भर्ना गर्न पाउने छैन ।
तर भर्ना भइसकेको प्रतिक्षार्थीहरुको तालीम पूरा नभएको भए त्यस्तो बा“की तालीम सोही संस्थाबाट वा आप्mनो खर्चमा अन्य संस्थाबाट पूरा गर्नु गराउनु पर्नेछ ।
(३) नियम २१ बमोजिम स्वीकृति रद्द भएमा वा उपनियम (१) र (१क) बमोजिम स्वीकृति स्थगन वा रद्द भएमा संस्थाले आफू कहाँ भर्ना भएका प्रशिक्षार्थीहरुको बाँकी तालीम पूरा नगराएमा त्यस्तो संस्थाले परिषद्मा राखेको धरौटी रकम फिर्ता पाउने छैन र त्यस्तो संस्थाको स्वीकृति स्थगनसम्म भएको भए रद्द समेत हुनेछ ।
(४) यस नियम बमोजिम संस्थाको स्वीकृति स्थगन वा रद्द गर्नु अघि परिषद्ले त्यस्तो संस्थालाई सफाई पेश गर्न उचित मौका दिनेछ ।